२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

वेष्ट इन्डिजविरुद्धको टेस्टमा भारतको क्लिवस्विप



मायादेवी अनलाइन ।
उमेश यादवले ६ विकेट लिएपछि वेष्ट इन्डिज विरुद्धको २ टेस्ट श्रृङखलामा भारतले क्लिनस्विप गरेको छ । दोस्रो टेष्टमा १० विकेटको जितसंगैे श्रृखंला क्लिनस्विप गरेको हो । । भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । उसका लागि चेसले एक सय ६ रनको योगदान गरे ।

जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए भने पहिलो पारीमा २ विकेट लिएका उमेश यादवले दोश्रो पारीमा ४ विकेट लिँदै ६ विकेट चट्काए ।

दोस्रो पारीमा वेष्ट इन्डिज एक सय २७ रनमै समेटिन पुग्यो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन् ।
दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भूमिमा फितलो बनेको वेष्ट इन्डिजले ७२ रनको झिनो लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा र्गयो ।दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतीय टोलीले उत्कृष्ट कमब्याक गरेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : ११ बजे