२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अन्तिम मिनेटमा क्रिष्टियानोले इटलीलाई जिताए (फोटोफिचर)



मायादेवी अनलाइन ।
यूईएफए नेशन्स लिग ए अन्तर्गत सोमबार राति इटली विजयी भएको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा भएको खेलमा इटलीले जित निकाल्न खेलको अन्तिम समयसम्मम कुर्नुपर्यो । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा क्रिष्टियानो बिराघीले गोल गरे । बिराघीले केभिन लासांगाको पासमा गोल गरेका हुन् । जीतसंगै इटलीले महत्वपूर्ण तीन अंक पाएको छ ।

लिग ए को समूह तीनमा पोर्चुगल शीर्षस्थानमा छ भने यो जितसंगै इटालीले दवाब कायमै राखेको छ । २ खेल खेलेको पोर्चुगलको ६ अंक रहेको छ भने तीन खेलबाट इटलीको ४ र पोल्याण्डको १ अंक छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : २२ बजे