११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

कपिलवस्तु उत्तरी क्षेत्रका किसानहरुलाई धान काट्न चटारो



मायादेवी अनलाइन, कपिलवस्तु ।
दशै भित्त्रए संगै गाउघरमा चहलपहल भैरहदा कपिलवस्तुको उत्तरी भेगमा धान काट्न सुरु भएको छ । जिल्लाका उत्तरी भेग र सिंचाईको पहुँच भएका खेतहरुमा यतीखेर धान भित्र्याउने चटारो भएको हो । असोज महिनाको दोस्रो साता देखि वाणगंगाको भलवाड, मोतीपुर, कोपवा, बुद्धभूमि नगरपालिकाको चङ्घाट, रनगाई, पथ्थरकोट लगायत ठाउँका किसानले धान काट्न सुरु गरेका हुन । सिंचाईको पहुँच भएका खेतहरु धानबाली भित्त्राउन सुरु भए संगै किसान खेतीपातीमा ब्यस्त भएका छन् ।
जिल्लाका किसानहरुको लागि यो समय सबै भन्दा ब्यस्त समय भएकाले भारत लगायत बिभिन्न ठाउँमा रोजगारीको लागि बाहिर गएका मानिस पनि घर तिर आउनेको संख्या बढ्दै गएको छ ।
किसानको भाषा अनुसार मुरी रोपी पाथी फलाउने सिजन असारमा भए पनि पाकेको बालीलाई भित्र्याउने समय असोज भएकाले अहिले किसानहरु खेतीपातिमा ब्यस्त भएका हुन । असार लगाएर भारतमा मजदुरीका लागी जानेहरु पनि प्राय गाउँ फर्कने चलन रहेको छ । ढिलो गरि तथा आकाशे पानीको भरमा रोपाई हुने जिल्लाको दक्षिणी भेगमा भने धान अलि ढिला पाक्ने भएका कारण त्यती ब्यस्तता छैन् ।
आकाशे पानीको भरमा रोपाई गर्ने क्षेत्र कृष्णनगर, महाराजगञ्ज नगरपालिकाका साथै शुद्धोधन र मायादेवी गाउँपालिकामा भने अझै धान काट्न काम शुरु हुन सकेको छैन् ।
शनिबार राती परेको बर्षाले धान काटेका किसानलाई मर्कामा पारेको छ । धानबाली काटेर स्याहार्ने बेला गएराती वाणगंगामा बर्षा भएको थियो । बर्षा हल्ला भएपनि काटेको धानलाई समस्यामा पारेको भलवाडकी लक्ष्मी बेल्वासेले बताउनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  २ : ०८ बजे