२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाल्पामा टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै



पाल्पा ।
तानसेन ९ दमकडामा पाल्पा टी–ट्वान्टी च्याम्पीयन्स लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय स्तरमा लुकेर रहेका खेलाडीको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक दमकडा क्रिकेट क्लबका अध्यक्ष विक्रम थापाले जानकारी दिनुभयो । यही कात्तिक ४ गतेदेखि सुरु हुने प्रतियोगितामा ८ टिम सहभागि हुने भएका छन् ।
प्रतियोगिता प्रथम हुने टिमलाई ६० हजार ट्रफि मेडल र प्रमाणपत्र , द्वीतीय हुने टिमलाई ३० हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने दककडा क्रकेट क्लबका कार्यसमिति सदस्य अच्युत पाण्डेले बताउनुभयो ।
प्रतियोगितामा निष्पक्ष खेल्ने टिम, म्यान अफ द म्याच ,म्यान अफ द सिरीज, वेष्ट क्याच, उत्कृष्ट युवा खेलाडीलाई ट्रफि मेडल र प्रमाणपत्र सहित सम्मान गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  १२ : २३ बजे