२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मैत्रीपूर्ण खेलमा क्रोयसिया र अष्ट्रेलियाको जित



एजेन्सी ।
अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोयसियाले जोर्डनलाई पराजित गर्दा अष्ट्रेलियाले कुवेतलाई चार शुन्यको अन्तरले हराएको छ ।
फिफाको क्यालेन्डर अन्तर्गत भएको मैत्रीपुर्ण खेलमा विश्वकप उपविजेता क्रोयसियाले जोर्डनलाई दुई एक गोलले पराजित गर्यो ।
२४ औं मिनेटमा डोमागोज भिडाको गोल मार्फत क्रोयसियाले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले अगाडी रहेको क्रोयसियाले ६२ औं मिनेटमा मित्रोभिचको गोल मार्फत अन्तर दुई शुन्यमा पुर्यायो ।
तर ७३ औं मिनेटमा बाहा फैसलले गोल गर्दै अन्तर कम गरेपनि टिमलाई हारबाट बचाउन सकेनन ।
यस्तै अर्को खेलमा अष्ट्रेलियाले कुवेतलाई चार शुन्यले हरायो भने साउदी अरेबिया र इराकले एक एक गोलको बराबरी खेले ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ३ : १३ बजे