२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

इग्ल्याण्डले स्पेनलाई ३१ बर्ष पछि हरायो



एजेन्सी ।
यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इंग्ल्याण्डले तीन दुईको प्रतिस्पर्धात्मक जित हात पार्यो ।
सेभियामा भएको समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेटभित्र इंग्ल्याण्डले तीन गोलको अग्रता बनाएको थियो ।
खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा रासफोडले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको इंग्ल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो ।
उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता तीन शुन्यमा पुर्याए । पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने राम्रो प्रयास गरेको थियो ।
जसमा उसले दुई गोल पनि फर्काएको थियो । ५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।
राष्ट्रिय टिमका लागि २७ खेलसम्म गोल गर्न नसकेका उनले सो क्रमलाई भंग गरेका छन । अन्तिम पटक इंग्ल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ३ : १५ बजे