२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

इंग्लिस प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर युनाइटेड २–२ को बराबरीमा रोकिए



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको रोमाञ्चक खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकिएका छन् । निर्धारित समयसम्म रोमाञ्चक बनेको खेल दुई दुईको बराबरीमा रोकिए ।

दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए । चेल्सीका लागि रुडिगेरले २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

म्यान यू का मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलमा ७३ औ मिनेटमा म्यान यू ले अग्रता लिए पनि खेलको अन्तिम समयमा चेल्सीका बार्क लीले गोल गर्दैै १ अंक खोसेका हुन् ।यो नतिजा सँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान यू आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ४ : ४५ बजे