२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

स्पेनिस ला लिगाः रियल मड्रिडको लगातार चौथो हार



मायादेवी अनलाइन ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले चौथो हार भोगेको छ । शनिबार राति लेभान्टेसँग रियल लेभान्टेसँग २–१ ले पराजित भएको हो । लेभान्टेले १३ औ मिनेटमै २ शून्यको अग्रता लिएको थियो ।

दबाबमा रियलले ७२ औ मिनेटमा गोल फर्कायो । यतिबेला मार्सेलोले गोल गरे । तर पनि त्यो गोलले रियलको साख बचाउन सकेन । लेभान्टेका मोरालेसले छैटौँ र मार्तीले १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरी अग्रता कायम गरेका थिए । रियलका मार्सेलोले ७२ औ मिनेटमा गोल फर्काएका हुन् ।

नतिजापछि लेभान्टे सातौ स्थानमा उक्लेको छ भने रियल पाँचौ स्थानमा छ । ला लिगामा शनिबार बार्सिलोनाले सेभिल्लासँग तथा एथलेटिको मड्रिडले भिल्ला रियलसँग र लेगानेसले भ्यालेन्सियासँग खेल्नेछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ४ : ५३ बजे