२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बार्सिलोना शीर्षस्थानमा, सेभिल्ला चार दुईले स्तब्ध



एजेन्सी ।
सेभिल्लालाई हराउदै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।
बार्सिलोनाको जीतमा लुइस सुवारेज, लियोनेल मेस्सी, इभान राकिटीक र फिलिप कोटिन्होले गोल गरे । सेभिल्लाका पाबलो सराबिया र लुइस मुइरेलले गोल गरे पनि जितका लागि प्रयाप्त भएन । शनिबार रातिको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई चोट लागेको छ । खेलका क्रममा पाखुरामा चोट लागेपछि मेस्सीले ३ हप्ता खेल्न नसक्ने भएका छन् ।
उनले प्रतियोगिताको इएल क्लासिको खेल्न नसक्ने बीबीसीले जनाएको छ । प्रतियोगितामा रियल मड्रिडको खराब प्रदर्शन शनिबार पनि जारी रह्यो । पछिल्ला पाँच खेलमध्ये चौथो हार ब्यहोर्ने क्रममा रियल लेभाण्टेसँग २–१ ले पराजित भएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  ३ : ३३ बजे