५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जातिय सद्भाव र संस्कृति जर्गेनाका लागि चन्द्रौटामा ‘सराँय जात्रा’



अराज सिंह बेल्बासे, चन्द्रौटा ।
पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् ।
परम्परागत संस्कृतिको रुपमा मानिने सराय जात्रा कपिलबस्तुको चन्द्रौटामा पनि निकालिएको छ । दशैमा फुलपाती भित्राएका दुर्गा मन्दिरहरुकोे एकादशी देखी पुर्णिमाको दिन सम्म बिषेश गरि पहाडी जिल्लाहरुमा हुने गरेको सराय जात्रा तराईको चन्द्रौटामा निकाली फुलपाती बिर्सजन गरिएको छ ।
जातिय सद्भाव कायम गर्न २०६४ सालबाटै कपिलबस्तुको चन्दौटामा सरायजात्रा सुरुवात गरिएको हो । हिन्दुहरुको महान पर्व वडादशैको त्रयोदशीको अबसर पारी हरेक बर्ष चन्द्रौटाबासीहरुले वृहत सराय नाच सहित खड्ग जात्रा निकाल्दै आएका छन ।
तरवार, खुँडा, खुकुरी सहित पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा देबीहरुको प्रतिकहरु लिएर सराय नाँच निकालिने गरिएको छ ।
खास गरि पहाडी जिल्लाहरुमा बढी प्रचलित रहेको यो नाचलाई कपिलबस्तुका बासिन्दाले परम्परागत संस्कृतिको रुपमा रहेको सरायको जगेर्ना गर्न लागेको स्थानिय कमला भुसालले बताउनुभयो ।
हिन्दु सांस्कृतिक परम्पराको जर्गेना गर्न तथा सबै समुदाय बीच धार्मिक, जातिय सद्भाव कायम गरि भाइचाराको सम्बन्ध विस्तार गर्न सराय जात्राको आयोजना गरिएको सराय जात्रा ब्यवस्थापन समितीका सयोंजक घनश्याम पौडेलले बताउनुभयो ।
असत्यमाथी सत्यको जितको रुममा मनाइने वडा दशैमा खुशीयालीको रुममा खेलिने सराय नाच कपिलबस्तुमा २०६४ सालको हिंसा पछि सद्भाव कायम गर्ने उदेश्यले सुरुवात गरिएको र बिगतका बर्षहरुमा भन्दा यो बर्ष सराय नाचमा उल्लेख्निय जनसहभागिता भएको दुर्गा मन्दिर संरक्षण समितीका कोषध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनुभयो ।
फुलपातीको दिन बिधिवत रुपमा मन्दिरमा भित्राइएको फुलपाती लाइ सराय नाच गर्दै भजनकृत्रन सहित दुर्गा मन्दिरबाट चन्द्रौटा बजार हुँदै कणेश्वरी मन्दिर परिक्रमा गरि जवइ खोलामा लगी फुलपाती बिर्सजन गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  २ : ०२ बजे