२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल



नवलपरासी ।
एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काठमाण्डौ, पाल्पा, मकवानपुर सहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।
हरेक वर्ष एक सिङ्गे गँैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार र द्धितीय हुनेले दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउने छन् । (रासस)

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  १ : ३४ बजे