२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्युठानमा खुला क्रिकेट प्रतियोगिता हुने



प्यूठान ।

प्यूठानमा कात्तिक १६ गतेदेखि खुला क्रिकेट प्रतियोगिता हुने भएको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी प्यूठानले सोमबार पत्रकार सम्मलेन गरेर असोज १६ गतेदेखि दोस्रो महेश स्मृति खुला क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

खेलकुद मैदान विजुवारमा हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद पाउने अखिल क्रान्तिकारी प्यूठानका इन्चार्ज सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।

प्यूठानमा क्रिकेटका गतिविधि बढाउन र महेश विकको सम्झनाको लागि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव मिलन एम सीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  १ : ३६ बजे