२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आर्सनलको लेस्टर सिटी माथि सानदार जित



एजेन्सी । 

पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनलले लेस्टर सिटीलाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टरमाथि ३–१ को शानदार जित हासिल गरेको हो ।

हराउने क्रममा आर्सनलका लागि पिएर एमरिकले दुई तथा मेसुट ओजिलले एक गोल गरे । लेस्टरका लागि आर्सनलका हेक्टर बेलएरिनले आत्मघाती गोल गरेका हुन् । ३१ औँ मिनेटमा बेलएरिनको आत्मघाती गोलबाट लेस्टरले अग्रता लिए पनि अन्त्यसम्म जोगाउन सकेन ।

सबै प्रतिस्पर्धामा गरेर आर्सनलको यो लगातार १० औँ जित हो  । जितपछि आर्सनल ९ खेलबाट २१ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ४ : १० बजे