४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आज कोजाग्रत पूर्णीमाको अन्तिम दिन, बैरिया र मोतीपुरमा भव्य सरायजात्रा हुँदै



मायादेवी अनलाइन, वाणगंगा ।
दशैको भोली पल्ट एकादशी तिथि देखि सुरु भएको सराज जात्राको रौनक अझै पनि जारी छ । विशेष गरी ५ नं. प्रदेशका अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा नाचिने सराज नाच पछिल्लो समय तराईका जिल्लामा पनि नाच्न थालिएको छ । तराईका कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा सराय नाचको रौनकता बढीरहेको छ ।
बसाईको सराईको प्रभावले तराईमा पनि सराज नाचको संस्कृती हस्तान्तरण भएको संस्कृतीका जानकारहरु बताउँछन ।
यसैबीच विजयादशमीको अन्तिम दिन तथा कोजाग्रत पूर्णीमाको दिन बुधबार आज बैरियामा पनि सराय नाच नाचिने भएको छ । बैरियामा रहेको दुर्गा भगवतीको मन्दिरबाट सराज जात्रा निकाल्ने तयारी भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सराज नाचमा उपस्थित हुनका लागि सबैमा मन्दिर व्यवस्थापन समितीले आग्रह गरेको छ ।
यता आज वाणगंगाको मोतीपुरमा पनि सराज नाच नाचिदै छ । यस्ता जिल्लाका विभिन्न स्थानमा पनि सराज जात्रा निकाल्ने तयारी भैरहेको बताइएको छ ।
उता अर्घाखाँचीका जुकेना, रजिया, अर्घा लगायतका स्थानमा पनि भोली भव्य सराज जात्रा निकालिने हाम्रा सहकर्मीले जनाएका छन ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ११ : ५० बजे