२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

रोनाल्डोले गोल गरेनन् तर सबैको केन्द्र भए, युनाइटेडविरुद्ध युभेन्टस १–० ले विजयी(फोटोफिचर)



 

चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।

गोल नगरे पनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगको गयरातिको खेलमा युभेन्टसले जित हासिल गरेको छ । लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको समूहचरणको खेलमा युभेन्टस क्लब १–० ले विजयी बन्यो ।

वल्र्ड ट्राफोर्डमा मंगलबार रातिको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबालाले ७४ औँ मिनेटमा निर्णायक गोल गरे । रोनाल्डोको क्रस बललाई डिबालाले उत्कृष्ट फिनिसिङ्गसहित बललाई जाली चुमाएका हुन् । पहिलो हाफमा युनाइटेडविरुद्ध ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको युभृन्टसले युनाइटेडको पोस्टमा १० पटक प्रहार गरेको थियो । 

जोसे मोरिन्होको टिमले दोश्रो हाफमा गोल गर्ने प्रयास गरे पनि गोल भने गर्न सकेन । रोनाल्डोल गोलका लागि राम्रो प्रहार गरेका थिए तर डेविड डि जियाले सुन्दर बचाउ गरे ।उनले प्रहार गरेको आक्रामक प्रहार निकै सुन्दर थियो । पहिलो हाफमा दबाबमा परे पनि दोश्रो हाफमा सुधार गरेको युनाइटेड सन् २०१३ यता युनाइटेड घरेलु मैदानमा दोश्रोपटिक पराजित भयो । सन् २०१३ को मार्चमा भएको खेलमा सोही मैदानमा युनाइटेड रियल मड्रिडसँग पराजित हुँदा रोनाल्डोले गोल गरेका थिए ।

अब युभेन्टस र युनाइटेडबिच नोभेम्बर ७ मा युभेन्टसको मैदानमा भेट हुनेछ । लगातार तेस्रो जित निकालेको युभेन्टस ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित युनाइटेड दोस्रो स्थानमा कायम छ । यहि समूहको अर्को खेलमा योङ्ग ब्वाइज र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।

रोनाल्डो सबैको नजरमा 

रोनाल्डोले यस सिजनमा धेरै गोल गर्न नसके पनि सबैको केन्द्रमा उनी रहे ।  ३३ वर्षका रोनाल्डोको पहिलो हाफको प्रदर्शन उनको पुरानो लयको सम्झना गराउने खालको जस्तो थियो । उनी युनाइटेडमा रहँदा जस्तो खेल खेल्थे त्यस्तै खेल उनले पस्किएपछि सबैले उनको तारिफ गरेका थिए । उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागे पनि उनी हँसिलो मुद्रामा मैदान प्रवेश गरेका थिए ।

तर उनले खेलभर गरेको प्रदर्शन उत्कृष्ट रह्यो र गोलका लागि सहयोग पनि । रोनाल्डो युभेन्टसमा आवद्ध भएपछि उनको पक्षमा फ्यान फलोइङ पनि वयापक रुपमा बढेको छ । एक अमेरिकी महिलाले लगाएको त्यो आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गर्दै आएका छन् ।

उनी खेलको वार्मअपका लागि टनेलबाट मैदान छिर्दै गर्दा भव्य स्वागत भयो । ६ वर्षसम्म (सन् २००३ देखि २००९) युनाइटेडको खेलाडी रहँदा उनले खेलमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : २६ बजे