५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विश्व पोलियो उन्मूलन दिवसको अवसर पारेर चन्द्रौटामा प्रभातफेरी



दिपक खड्का, कपिलवस्तु ।
विश्व पोलियो उन्मूलन दिवसको अवसर पारी आज कपिलवस्तुको शिवराज नगरपािलका ५, चन्द्रौटा बजारमा प्रभातफेरी निकािलएको छ । रोटरी क्लब अफ कपिलवस्तु, रोट्रयाक्ट, इन्ट्रयाक क्लबको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम निकालिएको हो ।
प्लेकार्ड व्यानर सिहत संजीवनी सामुदाियक अस्पताल परिसरबाट आज विहान निकािलएको ¥याली चन्द्रौटा बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा शिवराज नगरपािलकाका उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, इलाका प्रशासन कायार्लय चन्द्रौटाका शाखा अधिकृत जगदीश अयार्ल सहित विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मी, सुरक्षा निकाय र बिभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रभातफेरी पछि भएको सभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका उप प्रमुख थारुले पोलियो उन्मुलन लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा रोटरी क्लबले पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै बालबालिकाले जन्म लिए पछि खानै पर्ने पोलियो थोपालाई समयमै खुवाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रोटरी क्लबका पास्ट प्रेसिडेन्ट डा. प्रकाश पौडेलले संसारबाटै पोलियो उन्मुलन गराउन रोटरीले महत्वपूर्ण भूमिका खेलेको बताउंदै बच्चा जन्मिसकेपछि आमाको स्तनपान पछि सेवन गर्ने पोलियो नै भएकाले संसार भरी निशुल्क पोलियो थोपा बितरण गरेर रोटरी कलबले पुन्य कमाएको उल्लेख गर्नुभयो ।
पछिल्लो समय सामािजक क्षेत्रमा रोटरी क्लब अफ कपिलवस्तुले महत्वपुर्ण भुमिका खेलेको क्लबका चाटर्र प्रेसिडेन्ट टोपलाल पोखरेलको भनाई छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ५६ बजे