२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

(पीपीएल) क्रिकेट : पोखरा पल्टनद्धारा विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य



मायादेवी अनलाइन,  पोखरा ।

नेपालको तेस्रो फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट शुक्रबारबाट पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य दिएको छ । विराटनगर टाइटन्सले टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ९७ रन बनाउन सफल भएको छ । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए ।

पोखराको लागि आक्रामक ब्याटिङ गरेका विनोद भण्डारीले बलमा ११ बल खेल्दै ४१ रन बनाउदै नटआउट रहे भने आरिफ सेखले ५२ रनको अर्धशतकीय पारी खेले । विनोदले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए । विनोदले अन्तिम ओभरमा मात्र २४ रन बनाएका थिए ।अन्तिममा ब्याटिङ गर्न गएका शरद भेषवाकरले ४ बल खेल्दै ७ रन बनाउन सफल भए ।विराटनगरको लागि सन्दीप लामिछानेले २३ तथा पुष्प थापाले एक विकेट लिएका थिए ।

unn.prixa.net

६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । पीपीएल नेपालको सर्वा्धिक धनराशी पुरस्कार हो । उपविजेताले १० लाख प्राप्त गर्ने छ ।शुक्रबार संघीय संसदका सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ब्याटिङ र बलिङ गरेर लिगको उद्धघाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ०७ बजे