२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आइसीसी विश्वकप ट्रफी पहिलोपटक नेपाल आउँदै, कहाँकहाँ घुमाइदै छ त ?



चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।
आइसिसीले विश्वकप ट्रफी आज नेपालमा आउँदै छ । इङ्ग्ल्यान्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने क्रिकेटको लागि ट्रफी भ्रमण गराउने क्रममा आज नेपाल आउन लागेको हो । विश्वकप ट्रफी आज युएईबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुग्नेछ। ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आउनेछ।

उक्त ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ। ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिनेछ। स्वयम्भूमा केही घन्टा प्रदर्शनीमा राखिनेछ। भने ट्रफीलाई भोली बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ। पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।’पोखरा रङ्गशालाका साथै फेवाताल र साराङकोटसम्म र्पुयाउने तालिका छ, समयले भ्याएसम्म रुपाताल र बेगनास तासम्म ट्रफी र्पुयाइन्छ।’

नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरि हुँदै वसन्तपुर र्पुयाइनेछ।  शुक्रबार अपराह्न ट्रफी शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याइनेछ। त्यसपछि ट्रफीलाई आइतबार काठमाडौँको ऐतिहासिक स्थान चन्द्रगिरि लगिनेछ।

यस वर्ष नेपालले एकदिवसीय मान्यता पाएको हुनाले नेपालमा ट्रफी ल्याउन लागिएको जनाइएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी नेपाल ल्याउनुु पूर्व ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान र युएइर्मा टुर गराइसकिएको छ । ’ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्द्धन रहेको बताइएको छ ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । ट्रफी नेपालबाट भारत, न्यूजील्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ।विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० सहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  ८ : ०७ बजे