२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पिपिएल अपडेट-शरद भेषवाकरले जिते, सन्दिप लामिछाने कसरी हारे ?



मायादेवी अनलाइन,चन्द्रकान्त न्यौपाने ।
नेपालको तेस्रो फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको लिगमा पोखराले विराटनगर टाइटनलाई ५८ रनले रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा विश्व चर्चित खेलाडी सन्दिप लामिछानेको टोली विराटनगर निर्धारित २० ओभरमा १३९ रनमा ८ विकेट गुमाउँदै अल आउट भयो ।

मध्यम शुरुवात गरेको विराटनगरका राजु रिजालले सर्वाधिक ३० रन बनाए । विराटनगरले दोस्रो ओभरको चौथो बलमै पहिलो विकेटको रुपमा सुनिल धमलालाई ११ रनमा गुमाएको थियो । त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा प्रदीप ऐरी १० रनमा आउट भए ।

पाँचौ ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरी शाहव आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए । पुष्प थापाले ३० रन बनाए । एन्टन एन्ड्रियुले १४ रन बनाउदा सन्दिप लामिछाने १४ रनमा नटआउट रहे । राजेश पुलामी ७ रनमा आउट भए । पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिदा मेहबुव आलम, कृष्णा कार्की, शरद भेषवकार, विक्रम भुषाल र रसिद खानले समान १ विकेट लिन सफल भए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पोखराले निर्धा्रित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ९७ रन बनाउन सफल भएको थियो । जसमा विनोद भण्डारी आशिफ शेखले आक्रामक र उत्कृष्ट पारी खेले । पहिलो विकेटको लागि लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए ।

पोखराको लागि आक्रामक ब्याटिङ गरेका विनोद भण्डारीले ११ बल खेल्दै ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए । विनोदले अन्तिम ओभरमा मात्र २४ रन बनाएका थिए ।अन्तिममा ब्याटिङ गर्न गएका शरद भेषवाकरले ४ बल खेल्दै ७ रन बनाउन सफल भए ।विराटनगरको लागि सन्दीप लामिछानेले २३ तथा पुष्प थापाले एक विकेट लिएका थिए ।

पीपीएल अन्तर्गत शनिबार २ खेल हुँदैछ । पहिलो खेलमा पारस खड्को कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ । दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच खेल हुनेछ ।

६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । पीपीएल नेपालको सर्वा्िधक धनराशी पुरस्कार हो । उपविजेताले १० लाख प्राप्त गर्ने छ ।

शुक्रबार संघीय संसदका सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ब्याटिङ र बलिङ गरेर लिगको उद्धघाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  ८ : ५३ बजे