२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

राजपुरको विजयी शुरुवात, ठाकुरापुर पराजित



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा ८ मायादेवी रंगशालामा भएको प्रदेश स्तरीय नकआउट खुला क्रिकेट प्रतियोगीताको पहिलो खेलमा राजपुर युवा क्लवले नव प्रभात युवा क्लव ठाकुरालाई ५८ रनले पराजित गरेको थियो । राजपुरले नव प्रभातका सामु ७ विकेटको नोक्सानीमा १५० रनको लक्ष्य प्रस्तुत गरेकोमा टस जितेर पहिले बलिङ रोजेको नव प्रभात ४९ रनमै अलआउट हुँदै हार ब्यहारेको हो ।
राजपुरको जितको लागि प्रभात केसीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ३ दशमलव ५ ओभर बलिङ गरी १६ रन दिएर ५ विकेट लिन सफल भए । उनी नै आजको पहिलो खेलको म्यान अफ दि म्याच घोषित भए । त्यस्तै राजपुरको जितमा रिजन थापाले १, मिलन सुनुवारले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  २ : १६ बजे