२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुद्धभूमिले जिनुवालाई ५ विकेटले हरायो



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा ८ मायादेवी रंगशालामा भएको प्रदेश स्तरीय नकआउट खुला क्रिकेट प्रतियोगीताको दोस्रो खेलमा बुद्धभूमि युवा क्लव विजयी भएको छ । बुद्धभूमिले जिनुवा स्पोर्ट क्लव जिनुवालाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको जिनुवा स्पोर्टले बुद्धभूमिलाई ६९ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य बुद्धभुमिले १० दशमलव १ ओभरमै ७३ रन पुरा गरेको थियो । दोस्रो खेलबाट वुद्धभूमि युवा क्लवका खेलाडि शंकर महरा ३ विकेट तथा ७ रनका साथ नटआउट भई म्यान अफ द म्याच घोषित भएको मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

शनिबार पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे आयोजक टिम ए र झन्डा क्रिकेट क्लव बीच हुनेछ त्यस्तै दोस्रो खेल शान्ति युथ क्लव लुम्विनी र एभरेष्ट क्रिकेट क्लव बुटवल विच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  २ : १८ बजे