२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौरी किसानलाई बैरि लागे, विषाली हाल्दा माहुरीका ४४ घार नष्ट



दाङ । 

दाङ सिस्नेरीमा अपरिचित व्यक्तिले माहुरीको घारमा विषादी हाल्दा कम्तीमा ४४ घार नष्ट भएका छन् । चार सय ५० घार माहुरी पाल्दै आएका चितवनका विकास नेपालको बिएण्डबी फार्ममा विषादी हालिएको हो ।

यही कात्तिक ६ गते नै फार्ममा विषादी हालिए पनि प्रहरीलाई आज मात्रै खबर आइपुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । सो स्थानको अवलोकन गर्दा माहुरी पूर्णरुपमा नष्ट भएको छ । सो विषयमा चिकित्सा जाँचपछि मात्र जानकारी पाइने बताइएको छ । (रासस)

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  २ : ३२ बजे