२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

विश्वकप क्रिकेटको ट्रफी आइपुग्यो नेपाल



काठमाडौं ।

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो ।

ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।

ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ । देशको पहिचान र ऐतिहासिक स्थान भएको कारण ट्रफीलाई स्वयम्भु, चन्द्रागिरी र बसन्तपुरमा प्रदर्शनमा गर्न लागिएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  २ : ५४ बजे