२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रदेश स्तरीय क्रिकेट : आज दुई खेल हुँदै, कुन कुन भिड्दैछन ?



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा ८ मायादेवी रंगशालामा जारी प्रदेश स्तरीय नकआउट खुला क्रिकेट प्रतियोगीतामा आज पनि दुई खेल हुँदै छ । पहिलो खेल विहान ८ ः ३० बजे आयोजक टिम ए र झन्डा क्रिकेट क्लव बीच हुनेछ त्यस्तै दोस्रो खेल शान्ति युथ क्लव लुम्विनी र एभरेष्ट क्रिकेट क्लव बुटवल विच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार भएको पहिलो खेलमा राजपुर युवा क्लवले नव प्रभात युवा क्लव ठाकुरालाई ५८ रनले पराजित गरेको थियो । यता प्रतियोगीता अन्तरगत भएको दोस्रो खेलमा बुद्धभूमि युवा क्लव विजयी भएको छ । बुद्धभूमिले जिनुवा स्पोर्ट क्लव जिनुवालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : ३७ बजे