२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रदेश स्तरीय क्रिकेट : आयोजक ए, शान्ति युथ र ज्ञानोदय बुटवल विजयी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बोडगाउँमा जारी प्रदेश स्तरीय क्रिकेटमा शनिबार तिन खेल सम्पन्न भए । जसमा आयोजक सनराइज ए, शान्ति युथ र ज्ञानोदय बुटवल विजयी भए भने एभरेष्ट, आयोजक बी र झण्डा क्लव पराजित भए ।
मायादेवी रंगशालामा सम्पन्न खेलमा जारी सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला पहिलो खेलमा आयोजक टिम ए ले झण्डा क्रिकेट क्लवलाई पराजित गरेको छ । टस हारेर ब्याटिङ सम्हालेको झण्डा क्रिकेट क्लवले १७ भोभरमा १० विकेटको नोक्सानिमा ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
टस जितेर बलिङ रोजेको आयोजक टिम ए ले १२ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन पुरा गरि विजयी भएको हो । पहिलो खेलबाट जिजेता आयोजक टिम ए का खेलाडि प्रकाश भुसाल म्यान अफ दम्याच घोषित भएका छन् । उनले झण्डा क्रिकेट क्लव विरुद्ध १८ रन १ विकेट लिएका थिए ।
त्यस्तै दोस्रो खेलमा शान्ति युथ क्लव लुम्बिनी विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्ट युथ क्लव बुटवलले शान्ति युथ क्लव लुम्बिनीका सामु १६ ओभरमा १० विकेट गुमाउँदै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै शान्ति युथ क्लवले ११ ओभरमा जम्मा २ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरि जिजयी भएको हो । दोस्रो खेलबाट जावेद ५ छक्का ५ चौका प्रहार गर्दै ५८ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।
त्यस्तै तेस्रो खेलमा आयोजक टिम बि र ज्ञानोदयय गोल्ड बुटवल बिच प्रतिस्पर्धा भएको थियो । जसमा ज्ञानोदय गोल्ड बुटवल ८ विकेटले विजयी भएको छ । समय अभावका कारण शनिबारको अन्तिम खेल १२ ओभरमा छोट्याईएको थियो । जसमा टस जितेर पहिले ब्याटिङ राजेको आयोजक बि ले ज्ञानोदयलाई सबै ओभर पुरा गरि २ विकेटको क्षतिमा १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा ज्ञानोदयले ११ दशमलव ४ ओभरमा २ विकेट ब्यहोरि जित हासिले गरेको हो । तेस्रो खेलबाट अजय कौशिल्या २ छक्का ९ चौका प्रहार गर्दै ६५ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।
आयोजक टिम बि बुद्धभूमिले १० दशमलव १ ओभरमै ७३ रन पुरा गरेको थियो । दोस्रो खेलबाट वुद्धभूमि युवा क्लवका खेलाडी शंकर महरा ३ विकेट तथा ७ रनका साथ नटआउट भई म्यान अफ द म्याच घोषित भएको मिडिया संयोजक हरि घिमिरेले जानकारि दिनुभयो ।
खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् ।
यस्तै आइतबार पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे सुर्योदय युवा क्लव बुङ्ची र बैजलपुर क्रिकेट क्लव बीचहुनेछ त्यस्तै दोस्रो खेल गोलपार्क क्रिकेट क्लव र जय वुद्ध क्रिकेट तौलिहवा क्लवबीच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ३ : १३ बजे