४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एएफसी यू–१९ च्याम्पियनसिप–नेपालले भारतलाई उछिन्यो



मायादेवी अनलाइन ।
भारतलाई पछि पार्दै नेपाल थाइल्याण्डमा सम्पन्न एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा दोस्रो चरणमा प्रवेश गरेको छ।

छनोटको समूह बी मा रहेको नेपालले तीन खेलमध्ये २ मा जीत हात पार्दै अघिल्लो चरण प्रवेश गरेको हो। आयोजकसमेत रहेको थाइल्याण्ड शीर्ष स्थानमा रहे पनि आगामी अन्तिम प्रतियोगिताको आयोजक भएकाले ऊ सोझै फाइनल राउन्ड प्रवेश गरेपछि दोस्रो भएको नाताले नेपाल छानिएको हो।

पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको नेपालले पहिलो सहभागितामा नै ऐतिहासिक नतिजा प्राप्त गरेको हो।

नेपाल र भारतको समान ६–६ अंक भए पनि हेड टु हेडको आधारमा नेपालले भारतलाई पन्छाएको हो।

यसअघि समूहको दोस्रो खेलमा नेपालले भारतलाई २(० ले हराएको थियो। अन्तिम खेलमा भारतले आयोजकलाई १– ० ले हराए पनि नेपालसँग हेड टु हेडमा पछि परेको हो।

नेपालले समूहको पहिलो खेल घरेलु टोली थाइल्याण्डसँग ३–० ले गुमाए पनि दोस्रो  र तेश्रो खेलमा सानदार जित हात पार्यो । दोश्रो खेलमा भारतमाथि २–० तथा तेस्रो तथा समूहको अन्तिम खेलमा पाकिस्तानलाई ९–० को फराकिलो अन्तरमा हराउँदै नेपालले दोस्रो चरणको स्थान पक्का गरेको हो।

 

दोस्रो चरणमा नेपालसँगै समूह ए बाट अष्ट्रेलिया, सी बाट उज्वेकिस्तान, समूह डीबाट दक्षिण कोरिया, समूह ईबाट भियतनाम, समूह एफबाट इरान र म्यानमार दोस्रो चरणमा प्रवेश गरेका छन्। यस्तै समूह एको लेबलान पनि उत्कृष्ट उपविजेताको रूपमा दोस्रो चरण पुगेको छ।

त्यसपछि दोस्रो चरणमा पुगेका ८ टोलीलाई दुई समूहबाट बाँडेर छनोटको दोस्रो चरण अप्रिल २२ सन् २०१९ मा  खेलाइने छ।हरेक समूहका शीर्ष २ टोलीले आगामी वर्षको अक्टोबर २७ देखि नोभेम्बर ९ सम्म थाइल्याण्डमा हुनेछ। फाइनल प्रतियोगिताका लागि घरेलु टोली थाइल्याण्डसहित जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन्।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १ : ४७ बजे