४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सितगंगालाई अन्तरपालिका स्तरीय भलिवल प्रतियोगीताको उपाधि



बिष्णु कुमार आले, अर्घाखाँची ।
अन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिता २०७५ को फाइनल खेलमा सितगङ्गा नगरपालिकाले भूमिकास्थान नगरपालिकालाई बेस्ट अफ फाइभको खेलमा पराजित गर्दै उपाधि हासिल गरेको छ ।
पहिलो सेटमा सितगंगाले भुमिकास्थानलाई २५–२२ को अन्तरले पराजित गरेको थियो भने दोश्रो सेटमा २५–२३ अंकको अन्तरले पराजित गरेको थियो । भूमिकास्थान नगरपालिकाले आफ्नो टिमको तर्फबाट उत्कृष्ट खेल देखाउदै तेस्रो सेटमा सितगङ्गा नगरपालिकालाई २५–२० अंकको अन्तरले पराजित गरेको थियो ।
खेलको फाइनल सेटको अन्तिममा खेल रोमान्चक रहेको थियो । फाइनल खेलको अन्तिम सेटमा सितगंगाले भुमिकास्थानलाई २८–२६ को अन्तरले पराजित गर्दै २०७५ सालको एवाइसी अन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।


अन्तरपालिका स्तरिय रनिङ सिल्ड भलिबल प्रतियोगिता २०७५ मा प्रथम हुने टिम सितगङ्गा नगरपालिका, द्वितीय हुने टिम भुमिकास्थान नगरपालिका र तृतीय हुने टिम मालारानी गाउँपालिका रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाइ ५० हजार द्वितीय हुने टीमलाइ ३० हजार र तृतीय हुने टिमलाइ २० हजारको राशि रहेको थियो । अहिले उपाधि हात पार्न सफल भएका सितगंगा नगरपालिकाका खेलाडीहरूलाई ठाडाबासीले सितगंगाको शिर उत्च राख्न सफल भएको भन्दै बधाई तथा धन्यबाद दिदै आगामी दिनमा प्रथम राष्ट्रिय उपाधी हात पारी देशकै शिर माथी उठाउन पर्छ भन्ने शुभकामना दिएका छन् ।
अहिले खुसीका साथ ठाडामा खेलाडी तथा स्थानियले पन्चेबाजा सहित बिजय जुलुस निकालिएको छ । दर्जनौ मानिसहरूको बाक्लो सहभागिता रहेको छ । स्थानिय तहमा राम्रा योग्य खेलाडीहरू उत्पादन गर्न स्थानिय सरकारले लगानी गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ३ : २७ बजे