१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

यू–१५ साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्यो भारत



 

काठमाडौं । यू -१५ साफ च्याम्पियनसिप फुटबलमा भारत सेमिफाइनलमा पुगेको छ। आज भएको पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। सुरुदेखिनै भुटानमाथि दबाब राखेको भारतले चौथो मिनेटमा अग्रता बनाएको थियो। उसका लागि पाउल सुभोले गोल गरेका थिए। पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हापमा ३ गोल थपेको थियो । भारतका सुब्बाब कुसाङले ६६औं मिनेटमा टिमकालागि दोस्रो गाल गरेका थिए । उनै सुब्बाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारत ३–० ले अघि बढेको थियो । ९०औं मिनेटमा पनि भारतले गोल गर्दै ४–० को जित निकालेको हो। भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुगि सकेको छ। आजै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ८ : ४० बजे