२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

पिपिएल क्रिकेटः सन्दीपको टिमको लगातार तेस्रो हार



पोखरा ।

पोखरा प्रिमियर लिग (पिपिएल) टी(२० क्रिकेट प्रतियोगिता अन्तर्गत हुलास काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ । आज विहान पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार र्गयो।

लगातार तेस्रो हारसँगै स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ । यता लगातार दोस्रो जित हात पारेको काठमाडौंमा भने सहज अवस्थामा छ।

यसअघि पहिलो खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। हिजो भएको दोस्रो खेलमा पनि विराटनगरलाई एक्पर्ट धनगढी बुल्जले ७८ रनको विशाल अन्तरले पराजित गर्यो। अब विराटनगरले  चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ८ : ४६ बजे