४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बोडगाउँमा प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता जारी, परिवर्तन, स्टार र न्यू प्रगति विजयी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोडगाउँ स्थित मायादेवी रंगशालामा जारी सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता अन्तर्रगत सोमबार तीन खेल भएका छन । पहिलो खेलमा परिवर्तनशिल युवा क्लव मधुवनले विजयी शुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको जे एम सी युवा क्लव भक्तौलीले राम्रो प्रर्दशन गर्न सकेन । भक्तौलीले १५ ओभरमा अल आउट हुँदै ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशिल युवा क्लवले ८ ओभरमै ६ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो । उक्त खेलमा अजय पाण्डे म्यान अफ द म्याच बन्न सफल भएका छन् । उनले २३ रन तथा ४ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेल प्रगति युवा क्लव र स्टार स्पोर्ट क्रिकेट क्लव बीच भएको थियो । जसमा स्टार स्पोर्ट क्रिकेट क्लवले २ विकेटले जित निकाल्न सफल भएको छ । टस जितेर ब्याटिङ रोजेको प्रगतिले १२ ओभरमा अलआउट हुँदै १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको स्टार स्पोर्टले १२ ओभरमै ११६ रन पु¥याउँदै जित निकाल्न सफल भएको हो । दोस्रो खेलबाट रोशन लम्तरी म्यान अफ द म्याच बनेका छन् । े ५३ रन तथा १ विकेट ल्याएका थिए ।

यसैबीच शान्ति श्रृजना युवा क्लव वनगाई र न्यु प्रगति क्रिकेट क्लव प्रगनिगर बिच भएकोे तेस्रो खेलमा न्यु प्रगति क्रिकेट क्लव ६ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको शान्ति श्रृजना क्लवले १५ ओभरमा १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो भने लक्ष्य पछ्याउँने क्रममा न्यु प्रगति क्रिकेट क्लवले १२ आभररमै जित निकाल्न सफल भएको हो । तेस्रो खेलबाट सेअर्बिन सारु म्यान अफ द म्याच घोषित भए उनले २५ रन ल्याउँदै ४ विकेटको मद्धत गरेको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारी दिए ।

यस्तै मंगलबार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल हरनामपुर क्रिकेट क्लव र मधौली क्रिकेट क्लव बिच हुनेछ । दोस्रो खेल लक्ष्मणघाट क्रिकेट क्लव र मोतिपुर डाँडा क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो खेल नव दुर्गा भवानी क्लव चप्परगाउँ र कृष्णननगर क्रिकेट क्लव बिच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  १२ : ५५ बजे