४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

म्यान सिटी शीर्ष स्थानमा, रियलका प्रशिक्षक बर्खास्त



मायादेवी अनलाइन ।

लिभरपुललाई पछि पार्दै साबिक विजेता म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्यामलाई १–० को झिनो अन्तरले हराउँदै सिटी पुनः शीर्ष स्थानमा पुगेको हो । सिटीको जितमा रियाद महरेजले खेलको सुरुमा नै गरेको गोल निर्णायक बन्यो । रहिम स्ट्रर्लिङ्गको क्रसमा महरेजले गोल गरेका हुन् ।

जियादले सिटीले छैठौँ मिनेटमा नै गोल गरेपछि गोल अन्तर धेरै अनुमान गरिएको थियो तर त्यसपछि टोनह्यामले गोल नगरे पनि उत्कृष्ट खेल खेल्दै सिटीलाई एक गोलमै रोक्यो । जितपछि १० खेलबाट २६ अंक जोडेको सिटी गोल अन्तरमा लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

रियलका प्रशिक्षक बर्खास्त

रियल मड्रिडडका प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएका छन् । युरोपेली च्याम्पियन रियलले । क्लबले लगातार खराब प्रदर्शन गरेपछि क्लवले प्रशिक्षक लोपेतेगी बर्खास्त गरेको हो । यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् ।उसो त रियलले पछिल्ला खेलमा नराम्रो गर्दै आएकोमा छ । रियल मड्रिडको जिम्मेवारी सम्हालेको साढे चार महिनामै लोपेतेगी बर्खास्त भएका हुन् ।

आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियल मड्रिड ५–१ ले हारेको थियो । उनी विश्वकप फुटबलअघि रियल मड्रिडमा आउने पक्का गरेका थिए । त्यहिकारण स्पेनले उनलाई विश्वकप सुरु हुनु भन्दा एक दिनअघि बर्खास्त गरेको थियो । राष्ट्रिय टिमको जिम्मेवारीबाट बर्खास्त भएका लोपेतेगी क्लबले राम्रो गर्न नसक्दा फेरि बर्खास्त भएका हुन् ।

उनी गएको जुनमा जिनेदिन जिदानको ठाउँमा आएका थिए । रियल मड्रिड पछिल्ला ६ खेलमा पाँचमा पराजित भएको छ ।सन् २००१–०२ यताकै खराब प्रदर्शन गरेको रियल मड्रिड अहिले ला लिगामा नवौँ स्थानमा छ । रियल मड्रिडले लोपेतेगीको ठाउँमा सान्टियागो सोलारीलाई ल्याउने सम्भावना छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  २ : १४ बजे