४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश स्तरीय क्रिकेटमा मंगलबार दुई खेल, मधौलीको चम्कियो भाग्य !



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तु स्थित बाणगंगाको मायादेवी रंगशालामा जारी प्रदेश स्तरीय क्रिकेटमा मंगलबार दुई खेल भएका छन । तीन खेल हुने भने पनि मंगलबार दुई खेल मात्र भएका हुन । पहिलो खेलमा लक्ष्मणघाट क्रिकेट क्लवले मोतिपुर डाँडा क्रिकेट क्लवलाई ६८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लक्ष्मणघाट क्रिकेट क्लवले १५ ओभरको खेलमा मोतिपुरलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको मोतिपुरले ११ ओभरमा अलआउट हुँदै ९४ रनमा हार ब्यहारेको हो । पहिलो खेलबाट राजेश चौधरी म्यान अफ द म्याच भएका छन् । उनले ८० रन तथा २ विकेट लिएका थिए ।

नवदुर्गा भवानि चप्परगाउँ र जय नेपाल स्पोर्ट क्लव कृष्णननगर बीच भएको दास्रो खेलमा जय नेपाल स्पोर्ट क्लव कृष्णननगर १ सय १५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय स्पोर्टले १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछयाउँने क्रममा नवदुर्गा १२ ओभरमै अलआउट हुँदै ८० रनमै सिमित भएको हो । सेवाज खाँन म्यान अफ द म्याच बन्दै ८० रन १ विकेट हात पारेका थिए ।

त्यस्तै तेस्रो खेलमा मधौली क्रिकेट क्लव स्वतः विजयी भएको छ । मधौली क्रिकेट क्लव र हरनामपुर क्रिकेट क्लव बिच निर्धारण गरिएको खेलमा हरनामपुर क्रिकेट क्लवको सहभागी नभएपछि  मधौली क्रिकेट क्लव स्वतः विजयी भएको हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा बुधबार पनि २ खेल हुँदै छन् । पहिलो खेलमा विहान नौ बजे बुटवल स्पोर्ट क्लव र अल स्टार क्रिकेट क्लव भीँड्ने छन् भने दोस्रो खेलमा लुम्बिनी क्रिकेट क्लव र धगदई क्रिकेट क्लव बीच प्रतिस्पर्धा हुने छ ।

यस्तै बुधबार नै आयोजक टिम बि र कपिलवस्तुका मिडियाकर्मी बीच मैत्तीपूर्ण खेल हुने छ । दिउसो ४ बजेपछि खेल हुने भएकाले इच्छुक मिडियाकर्मीलाई सहभागिताको लागि आग्रह गरिएको संयोजक माधव पौडेलले जानकारी दिनुभयो । यो खेल १२ ओभरको हुने छ । दुवै टिमलाई मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । खेलमा अहिलेसम्म १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । बुधबार दुई खेल सकिएपछि पहिलो चरण सकिने छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ४ : ३४ बजे