५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तुलसीपुरमा दुना–टपरी उद्योग सञ्चालन



दाङ ।
दाङमा पहिलो पटक मेसिनबाट दुना तथा टपरी बनाउन थालिएको छ । तुलसीपुर दुना टपरी उद्योगले सेमिहाइड्रोलिक मेसिनबाट दुना र टपरी उत्पादन गर्न थालेको हो ।
तुलसीपुर–६ बरुवागाउँमा १० लाख १० हजार रुपैयाँ लागतमा उद्योग स्थापना गरेको उद्योगका अध्यक्ष भिमबहादुर खत्रीले जानकारी दिनुभयो । वनमा खेर गइरहेका पातलाई सदुपयोग गरेर टपरी बनाउन थालिएको हो।
१३ जना सेयर सदस्य रहेको उक्त उद्योगले प्रतिव्यक्ति २०÷२० हजार रुपैयाँ शेयर उठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाको पाँच लाख सहुलियत ऋण र दुई लाख ५० हजार रुपैयाँ अनुदान गरी जम्मा १० लाख १० हजारमा उक्त उद्योग सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  २ : ३८ बजे