५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गुल्मीमा अटो रिक्सा पहिलो पटक पुग्यो, सर्वसाधारण खुसी



गुल्मी ।
गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरी अटो रिक्सा सञ्चालमा ल्याइएको हो । तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरी झण्डै एक दर्जन अटो रिक्सा सञ्चालनमा ल्याइएको छ ।
तम्घास बजारभित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसारपसार गर्नको लागि अरु सवारीसाधानहरु सञ्चालन नहुँदा यात्रुहरुलाई निकै समस्या थियो । तर, हालै केही दिन यता एकै पटक धेरै अटो रिक्साहरु सञ्चालनमा आएसँगै यात्रुहरुलाई सहज भएको छ ।
तम्घास बजारमा सामान किनेसँगै बजारका बिभिन्न स्थान तथा सवारीसाधन छुटने स्थानसम्म पनि लेबर खोजेर लैजानु पर्ने बाध्यता थियो । कुनै पनि स्थानबाट तम्घास बसपार्कमा सामग्री सहित झरेसँगै घर, होटलहरु तथा पसलहरु सम्म पुग्न पनि सोही माध्यम अपनाउनु पर्ने बाध्यता थियो ।
अहिले तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा पुग्नको लागि अटो रिक्साले सहजता दिलाएको छ । तम्घास बजारमा अटो रिक्सा सञ्चालनमा आएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
तम्घास बजारभित्र र बजार बाहिर स्थानका आधारमा ३० रुपैयाँ देखि ७ सय रुपैयाँसम्ममा यात्रुहरु आवतजावत गराएको अटो रेक्सा चालकहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३२ बजे