५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाचौं चन्द्रौटा महोत्सव शुरु, मंसिर १६ गते सम्म चल्ने



गीता पौडेल, कपिलवस्तु ।

“पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ विहीबार देखि शुरु भएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गरेको हो ।

महोत्सवको उद्घाटन शस्त्रमा ६० भन्दा बढी संघ सस्थाहरुले बिभिन्न सांस्कृतिक झाँकी निकालेका थिए ।

महोत्सवको पहिलो दिन करिव १५ हजार दर्शकले महोत्सवको अबलोकन गरेका छन भने २० लाख बढीको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा बिभिन्न कृषि स्टल, पर्यटकिय क्षेत्रको प्रचार प्रसारका बिभिन्न फोटो प्र्रदशनी, बिभिन्न खेल, कुस्ति प्रतियोगिता, थारु नृत्य प्रतियोगिता तथा पाँचौ चन्द्रौटा डान्स आइडलको पनि प्रस्तुती रहने छ ।

भोली दोस्रो दिन सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, चित्र अबिरल श्रीपाली लगायत बिभिन्न कलाकारहरु रहने सांस्कृतिक सयोंजक अर्जुन सापकोटाले जानकारी दिनु भयो ।

आजदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने आयोजकको दाबी छ । त्यस्तै महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको करोवार हुने आयोजकले अपेक्षा गरेको महोत्सवका मूल आयोजक संयोजक महादेव पोख्रेलले वताउनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  २ : २५ बजे