५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विदेशबाट फर्केकालाई उद्यम गर्न १० लाखसम्म दिने प्रकृया सुरु, कसरी आवेदन दिने ?



चन्द्रकान्त न्यौपाने  ।
के तपाई विदेशमा रोजगार गरेर फर्कनु भयो ? अथवा विदेशबाट फर्केर के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । तपाईले स्वदेशमै केही उद्यम गर्नु चाहानु भयो भने तपाईलाई सरकारले १० लाख सम्म कर्जा दिँदै छ । त्यसको लागि सरकारले प्रकृया सुरु गरेको जनाएको छ । सरकारले विज्ञप्तीमार्फत भनेको छ- वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँसम्म ऋण दिन सरकारले आवेदन माग गर्दछौँ । ऋण दिने प्रक्रिया सुरु भएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पनि यसका लागि आवेदन मागेको छ। विदेशमा काम गरेर फर्किएका र यही स्वरोजगार बन्न उद्यम गर्न चाहनेले बोर्डमा आवेदन दिन सक्ने भएका छन्।

यसका लागि पुस मसान्तसम्म आवेदन दिन सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ। आवेदन फारम बोर्डको वेवसाइट http://fepb.gov.np/  मा प्राप्त गर्न सकिने छ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : १७ बजे