५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

करका ४ कुरामा व्यवसायीलाई ध्यान दिन प्रजिअको आग्रह



हरि अधिकारी, कपिलवस्तु ।

उद्योगी व्यवसायीलाई सवै प्रकारको सुरक्षा उपलब्ध गराउन आफु सक्षम भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताउनु भएको छ ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरले कर सप्ताहको समापन अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले उद्योगी व्यवसायीलाई कुनै पनि प्रकारको सुरक्षा चुनौतीको आशंका भए तत्काल खवर गर्न आग्रह गर्दै औद्योगिक तथा व्यवसायीक सुरक्षाको प्रबन्ध गर्ने आफनो कर्तब्य भएको स्पष्ट पार्नुुभयो ।

उहाँले जति धेरै कर ति¥यो त्यति धेरै आम्दानी गर्न सकिने मान्यता राख्नुपर्ने बताउदै उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्नुभयो । प्रजिअ पोखरेलले कर प्रशासनबाट कुनै अप्ठ्यारो नहुने बताउदै साधारण तया ४ कुरामा व्यवसायीलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

उहाँले कर कार्यालयमा व्यवसाय दर्ता, करको हिसाव आफै राख्न, सेवा र बस्तु आफैले उपयोग गर्ने खालको बनाउन र व्यवसायबाट आर्जन गरेको केही अंश राज्य र समुदायमा लगानी गर्न सक्नुपर्ने कुरा जानकारी दिनुभयो । उहाँले जनतालाई असुविधा हुनेगरी राज्यले कर प्रशासन संचालन नगर्ने जानकारी समेत दिनुभयो । निजी क्षेत्रसंग राज्यले सहकार्य गर्ने नीति अनुरुप राज्यले बनाएको कर व्यवसायीलाई परिपालना गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपानेले कर छलि प्रयोजनमा साथ व्यवसायी आए समस्या आउने बताउनु भएको छ । उहाँले कारोबार स्पष्ट राख्ने व्यवसायीसंग सहकार्य बढ्ने बताउदै राम्रा करदातालाई सम्मान तथा नराम्रालाई दण्ड सजाय गरिने बताउनुभयो ।

कार्यक्रममा कृष्णनगर भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेल, कर कार्यालयका कर अधिकृत पिताम्बर खनाल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अली, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह लगाएतले उद्योग, व्यवसाय तथा कलकारखानाको विकासले करको बृद्धि विकास हुने भएकाले व्यवसायी मैत्री निती हुनुपर्ने जोड दिएका थिए ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले कर सप्ताहका विभिन्न कार्यक्रम संचालन गरेको थियो । मंसिर १ देखि ७ गते सम्म मनाइएको सातौ राष्ट्रिय कर दिवसमा कार्यालयले अर्घाखाँची र कपिलवस्तु जिल्लाका १।१ जना उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो ।
उत्कृष्ट करदातामा साना किसान कृषि सहकारी संस्था इमिलिया कपिलवस्तु र मिश्रा निर्माण सेवा अर्घाखाँची रहेका थिए । कार्यालयले कर्मचारी तर्फ उत्कृष्ट कार्यसम्पादन गरेका २ जना कर्मचारीलाई समेत सम्मान गरेको थियो भने व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने सुरक्षा निकायलाई पुरस्कृत समेत गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : ४२ बजे