५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाचौं चन्द्रौटा महोत्सवमा ५० हजार दर्शकद्धारा अवलोकन



अराज सिहं बेल्बासे, चन्द्रौटा ।

पाँचौ चन्द्रौटा कृषि तथा प्रर्यटन महोत्सवमा दर्शकहरुको उल्लेखनिय सहभागीता देखिएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले संचालन गरेकोे पाँचौ चन्द्रौटा महोत्सवको पाँचौ दिन सम्म पचास हजार दर्शकले महोत्सवको अबलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा बाल उद्यान, मौतका कुवा, रोटे पिङ, जादुगर, कृषि स्टल बिश्वको दोस्रो तथा नेपालमै पहिलो होचो महिला २५ बर्षिया २८ इञ्च युवतीले सबैको ध्यान तानेकि छन् । महोत्सवमा आउने दर्शकको विशेष ध्यान होची युवतीमा गएको छ ।

साथै महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनी स्टलमा पनि दर्शकको भिड लाग्ने गरेको छ । कपिलवस्तु जिल्लाका पर्यटकिय स्थलहरुको प्रचार प्रचार गर्ने उद्देश्ले शिवगढी मन्दिर, सोनवागढ मन्दिर, जगदिशपुर ताल, तिलौराकोट लगाएतका धार्मीक तथा पर्यटकिय स्थलहरुको फोटो पर्दशनी गरिएको छ ।

महोत्सवको अर्को आकर्षणको रुपमा रहेको पाँचौ चन्द्रौटा डान्स आइडलमा ११ जनाले प्रतिष्प्रधा गरेका छन । आइतबार भएको डान्स आइडलमा उत्कृष्ट क्षेत्री बाहिरिएका छन ।

आइतबार पाँचौ दिनमा सांस्कृतिक कार्यक्रम तर्फ खुमन अधिकारी, जालुमाया गुरुङ, हास्यकलाकार माइला बा, अर्जुन कौसल, हरि डान्स ग्रुप, छमछमी कला केन्द्र लगायतले दर्शकलाइ मनोरञ्जन प्रदान गरेका थिए ।

यस्तै सोमबार मङसिर १० गतेका मुख्य आर्कषकमा पप गायक मिग्मा सेर्पा, लोक आधुनिक गायक दिपक भण्डारी, हरिमाया रायमाझी, श्रीधर अधिकारी, हरि डान्स गु्रप छमछमी कलाकेन्द्र लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १२ : ४५ बजे