५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएकोमा महासंघको आपत्ति (विज्ञप्ती सहित)



काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सनलाई ठेक्का प्रक्रियामा रोक लगाएको प्रति आपत्ति जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै पप्पुलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
सिक्टा सिंचाइ आयोजनाको डुँडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी पूर्वाग्रही ढंगले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको पनि महासंघले ठहर गरेको छ ।
कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको पनि महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ठेक्का प्रदान गर्ने निकायको गल्ती कमजोरीलाई समेत मध्यनजर गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा त्यो नगरी पूर्वाग्रही ढंगले भएको कारबाहीबाट देशभरका निर्माण व्यवसायीहरुले असुरक्षाको महसुस गरेको महासंघका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  ८ : ४८ बजे