४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साढे १४ क्विन्टल चामल गुरुकुलम् र राजेश आस्थालाई सहयोग



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
कपिलवस्तुको बाणगंगाा १ जितपुरमा सम्पन्न बाणगंगाा सम्पन्न विशाल श्रीमदभागवत कथा तथा आनन्द उत्सवबाट संकलन भएको करिब साढे १४ क्विन्टल चामल २ वटा सामाजिक संस्थालाई सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।
जितपुर टोल विकास संस्थाको आयोजनामा मंसिर ३ गतेदेखि १० गतेसम्म बंगलामुखी मन्दिर जितपुरमा सम्पन्न आनन्द उत्सवबाट संकलन भएकोसाढे १४ क्विन्टल चामल र ५ किलो दाल मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् नन्दनगर र राजेश आस्था फाउण्डेसन वैरियालाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

टोल विकास संस्थाका अध्यक्ष मदन ढुंगानाको नेतृत्वमा आज नन्दनगरमा पुगी विद्यापीठका संचालक देवी प्रसाद घिमिरेलाई साढे १० क्विन्टल चामल र ५ किलो दाल वितरण गरिएको थियो । सहयोग ग्रहण गर्दै घिमिरेले जितपुर टोल विकास संस्थाले गरेको योगदान आफूले संधै सम्झने भन्दै यसको सही सदुपयोग गर्ने बताउनु भयो ।

गुरुकुलम्मा अहिले एक सय बढी विद्यार्थी अध्ययनरत छन् । सरकारबाट हेयमा परेको गुरुकुलम्लाई प्राप्त सहयोग आफूहरुको लागि धैरै ठेलो राहत भएको भन्दै बटुककोे खानपानपानमा यसले ठुलो सहयोग गर्ने घिमिरेले बताउनु भयो । यस्तै राजेश आस्था फाउण्डेसनको तर्फबाट ४ क्विन्टल चामल ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष किरणसिंह गुरुङले धन्यबाद व्यक्त गर्नुभयो । फाउण्डेसनमा अहिले लागु पदार्थ दुव्र्यसनीमा परेर पुर्नस्थापित जीवन बाँचिरहेका २० जना युवाहरु छन् । तिनीहरुको खानपानमा चामललाई प्रयोग गरिने उहाँले बताउनु भयो ।

सहयोग वितरण कार्यक्रममा भागवत कथाका संकल्पकर्ता भुवन गुरु, जीतपुर टोल विकास संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद चालिसे, सचिव नविन ढुंगाना, सि एण्ड सि हस्पिटलका अध्यक्ष गोपाल घिमिरे, बंगलामुखी मन्दिर निर्माण समितिका अध्यक्ष प्रेम बहादुर विक, धनु थारु, संस्थाका सदस्य, पत्रकार पत्रकार चन्द्रकान्त न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक भावले आयोजना भएको आनन्द उत्सवबाट करिब ७ लाख नगद, करिब १५ केजी चामल, ३० क्विन्टल बढी धान र अरु जिन्सी सामान संकलन भएको थियो । खर्च कटाएर बाँकी रहेको रकम बगलामुखी मन्दिर निर्माण र राजेश आस्था फाउण्डेसनको बन्न लागेको भवनमा खर्च गरिने संस्थाका अध्यक्ष मदन ढुंगानाले जानकारी दिनु भयो ।

पछिल्लो समय ब्याािरिक शैलीमा यस्ता धार्मिक कार्यक्रम आयोजना भइरहेको बेला आफूहरुले लागु पदार्थ दुव्र्यसनीमा परेकालाई पुर्नस्थापित गर्नको लागि आयोजना गरिएको बताउनु भयो । कार्यक्रमबाट राजेश आस्था फाउण्डेसनमा आश्रित तिन जना दुव्र्यसनमा परेका व्यक्तिको जीवनमा परिवर्तन आएको छ । कार्यक्रमको संरक्षकमा बाणगंगाा नगरपालिका रहेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  १ : २१ बजे