५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिभिल, सेन्चुरी र एनआइसी एसिया बैंक ऋण दिन नसक्ने अवस्थामा !



काठमाडौं ।
सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ३ वटा बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । ऋण दिन नसक्ने बैंकहरुमा सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार पछिल्लो समय यी बैंकहरुको कर्जा पूँजी निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत पुगेका कारण थप ऋण दिन नसक्ने अवस्थामा पुगेको जनाएका छन्। बैंकहरुले सिसिडी रेसियो बढीमा ८० प्रतिशतसम्म बनाउन पाउँछन्।
त्यस्तै, पछिल्लो तथ्यांकअनुसार अन्य ७ बैंकको सिसिडी रेसियो ७९ प्रतिशत पुगेकाले यी बैंकहरु पनि ऋण दिन नसक्ने अवस्थामा पुग्न लागेको उहाँले जानकारी दिनु भयो ।
यी बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७५र०७६ को पहिलो त्रैमासको वित्तीय विवरणमा सिसिडी रेसियो ७९ प्रतिशत भन्दा उच्च रहेको देखिन्छ।
असोज मसान्तसम्ममा सिभिल बैंक ७९।९७, सेन्चुरी कमर्सियल बैंकको ७९।५ र एनआइसी एसिया बैंकको ७७।७८ प्रतिशत सिसिडी रेसियो थियो। राष्ट्र बैंक अधिकारीका अनुसार अहिले यी बैंकको सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ। ती अधिकारीका अनुसार पछिल्लो केही बैंकको सिसिडी रेसियोमा सुधार आए पनि अझै केही बैंकको भने सिसिडी रेसियो उच्च रहेको बताउनु भयो ।
राष्ट्र बैंकले सिसिडी रेसियो ८० प्रतिशत भन्दा बढी पुगेका बैंकलाई कारबाही गर्नुपर्ने व्यवस्था छ। तर, राष्ट्र बैंकले कारबाही नगरेपछि बैंकहरुले ८० प्रतिशत सिसिडी रेसियो नघाएका छन् भने जोखिम न्यूनीकरणका लागि राखिएको २० प्रतिशत रकमबाट पनि ऋण लगानी गर्दै आएका छन्।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  २ : ३२ बजे