५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दक्षिण कोरियामा महिला कामदारको संख्या बढ्दै



काठमाडौं ।
पछिल्लो समय रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली महिलाको संख्या बढ्दै गइरहेको छ। दक्षिण कोरियामा महिलाको सुरक्षासंगै काम र दाम बढी भएका कारण पछिल्लो समय त्यहाँ नेपाली महिलाको आकर्षण बढ्दै गएको इपिइस शाखाले जनाएको छ ।

पैसा गएका १० वर्षमा रोजगार अनुमति प्रणाली इपिएस प्रणालीमार्फत ३ हजार ४ सय ४० जना महिला रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।

सन् २००८ मा ८१ जना महिला दक्षिण कोरिया गएका थिए। यो संख्या बढेर २०१८ मा आइपुग्दा ३ सय ६० पुगेको शाखाले जनाएको छ। यस अवधिमा इपिएस प्रणालीमार्फत ५७ हजार ६ सय ७९ जना कोरिया रोजगारीका लागि पुगेका शाखाले जनाएको छ। हाल कोरियामा करिब ३५ हजार नेपाली कार्यरत छन्।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  २ : ३५ बजे