५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निर्माण व्यवसायी महासंघमा सर्वसम्मत नेतृत्व, कपिलवस्तुका हमाल उपमहासचिव



दाङ ।
निर्माण व्यवसायी महासंघ प्रदेश नं ५ को प्रथम अधिवेसनबाट बलिभद्र राना निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका प्रत्यासी सुरेश चन्द वरिष्ठ उपाध्यक्ष पदमा मन्जुरी जनाएपछि प्रादेशीक समिति निर्विरोध निर्वाचित भएको हो ।
अधिवेसनले मन्जु भुसाल, नविन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द्र लम्साललाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर पोख्रेलले जानकारी दिनुभयो ।
त्यस्तै प्रादेशीक महिला उपाध्यक्षमा गंगा पोख्रेल, महासचिवमा प्रकाश शाह, उपमहासचिव नीतिगत कार्यभार मा टीकाबहादुर श्रेष्ठ, उपमहासचिव आन्तरिक कार्यभार पवनकुमार कुँवर, उपमहासचिव प्रसासनिक दिनेशकुमार हमाल, कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्रा र सह कोषाध्यक्षमा प्रकाश बस्नेत निर्वाचित हुनुभएको छ । निर्वाचित उपमहासचिव हमाल कपिलवस्तुका हुनुहुन्छ । उहाँ संघको निवर्तमान अध्यक्ष पनि हुनुहुन्थ्यो ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्षलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराइएको छ । यसैबीच प्रादेशीक अध्यक्षमा निर्वाचित भएपछि रानाले १२ वटै प्रदेशका निर्माण व्यवसायीहरुको भावना अनुसार काम गर्ने र प्रदेश सरकारले बनाउने कानुन निर्माण व्यवसायीमैत्री बनाउन पहल गर्नै प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : ११ बजे