५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चन्द्रौटा महोत्सवको दशौ दिन, एक करोड बराबरको कारोवार



गीता पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा पाँचौं चन्द्रौटा महोत्सवको दशौं दिन पनि दर्शकको संख्या उल्लेख्य रुपमा बढेको छ भने करोड बढीको कारोबार भएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६ गतेदेखि संचालित महोत्सवमा दशौ दिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका प्रवक्ता जगत पौडेलले जानकारी दिनुभयो ।
महोत्सव सोचेभन्दा राम्रो भएको वताउदै सातौ दिन १ करोड वढिको कारोवार भएको प्रवक्ता पौडेलले दाबी गर्नुभयो । महोत्सवका विभिन्न आकर्षणले दिनप्रति दिन दर्शकहरुको सहभागिता बढ्दो क्रममा रहेको आयोजकको दावी रहेको छ ।
स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीका स्टलहरुमा पनि दर्शकको भिडलाग्ने गरेको छ । भने बालउद्यान, राष्ट्रिय कलाकार, डान्स आइडल तथा हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्रको प्रस्तुतिले दर्शकलाई तानेको छ ।
यता पर्यटकीय स्थलहरुको प्रचार प्रचार गर्ने उद्देश्यले शिवगढी मन्दिर, सोनवागढ मन्दिर, जगदिशपुर ताल, तिलौराकोट लगाएतका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीले समेत दर्शकको मन खिचेको छ । यसैगरी नेपालकै सबैभन्दा होची युवतीलाई हेर्न समेत दर्शकको घुइँचो लाग्ने गरेको स्टल संयोजक नवराज न्यौपानेले बताउनुभयो ।
महोत्सवको मुख्य आकर्षण बनेको पाँचौ चन्द्रौटा डान्स आइडलमा ५ जनाले प्रतिसप्रर्धा गरेका थिए । पाँचौं डान्स आइडलमा प्रतिस्पर्धा गरेका ४ जनाले अन्तिम फाइनलमा प्रतिस्प्रर्धा गर्ने छन । दर्शकको टिकटको भोट र देशका बिभिन्न स्थानबाट एस.एम.एस.बाट दिएको भोटको आधारमा डान्सको नतिजा निकालिने गरिएको छ ।
महोत्सवको दशौं दिनमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षकमा चर्चीच आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार राजा राजेन्द्र, लोक दोहोरी गाइका इन्दिरा गैरे, निरु गुरुङ र धन बहादुर गुरुङ लगायतको प्रस्तुति रहेको थियो ।
यस्तै महोत्सबको भोली अन्तिम दिन चर्चित आधुनिक तथा पप गाएक शिब परियार लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : २३ बजे