दीपा महत, वाणगंगा ।
लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारणसभा सम्पन्न भएको छ । वाणगंगा नगरपालिका ८ पुलचोकमा अवस्थित नेपाल किसान ट्याक्टर समितीको सभाहलमा सम्पन्न साधारण सभामा बोल्दै मेयर मंगलप्रसाद थारुले अब सहकारीलाई मर्ज गरेर लैजानुपर्ने बताउनुभयो ।
बचत तथा ऋणको एउटा र कृषिको एउटा सहकारी हुनुपर्ने बताउनुभयो । लालिगुरास बचत तथा ऋण सहकारीले छोटो समयमै प्रगती गरेको भन्दै अझ उच्च प्रगतीको शुभकामना दिनुभएको छ ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष सालिकराम आचार्यले प्रस्तुत गर्नुभएको ४ करोड ३ लाख बराबरको आयब्यय सर्वसम्मत रुपमा पारित भएको थियो । सहकारीले यस आर्थिक वर्षमा ४९ लाख बढी आम्दानी गर्न सफल भएको छ । यसै साधारण सभामा आगामि निती कार्यक्रम सचिव सालिग्राम भुषालले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एसईईको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा अमृता भट्राई र समिक्षा अर्याल रहनुभएको छ भने सहकारीले सर्बोत्कृष्ट असल ऋणि तर्फ पार्वती सुबदलाई सम्मान गरेको छ ।
उपमेयर चक्र अर्यालको विशिष्ट आत्थियता रहेको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्य, नेपाल मौरी पालक किसान सहकारीका केन्द्रिय अध्यक्ष अर्जुन पोख्रेल, भुपु सैनिक खानेपानि उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र प्रसाद शाह, श्री विनायक बचत तथा ऋण सहकारीका उपाध्यक्ष मुक्तीराम कडेल, दर्शन बचत सहकारीका कृष्ण शाही लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सहकारीका अध्यक्ष शंकरप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सालिग्राम भुषालले गर्नुभएको थियो ।
१६ मंसिर २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया