८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मितेरी कृषि सहकारीको चौथो वार्षिक साधारणसभा सम्पन्न



संजय कुशवाहा, नवलपरासी ।
मितेरी कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा गुठी सुर्यपुरामा सम्पन्न भएको छ ।
नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सुर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका प्रमुख राज कुमार शर्माको प्रमुख अथित्यतामा रहेको कार्यक्रमा सोही गाऊँपालिका वडा नं. ७ का वडाध्यक्ष हरेन्द्रर यादव, वडा नंं ८ अध्यक्ष कादिर अली अन्सारी, गण्डक नियन्त्रण समितिका अध्यक्ष दुधनाथ गुप्ता, नेपाली कांग्रेसका वडा न.७ का वडा सभापति विश्व बन्धु यादव, प्रकाश पण्डित, चन्द्रभान कोईरी, नन्दु यादव लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमा ०७४÷०७५ सालको कुल आय ब्यय ९ लाख ५८ हजार ५ सय ५८ रुपयाँ प्रस्तुत गरिएको थियो । सो सहकारी संस्थाको कुल शेयर सदस्य ७ सय १२ रहेको संस्थाको ब्यवस्थापक कृष्ण मोहन गुत्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ४ : ३१ बजे