८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

छिनमै ४ घर भए खरानी, १४ लाखको भौतिक क्षेती



अजय मिश्र, कपिलबस्तु ।
कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आगलागीहुदा चार घर जलेर नष्ट भएको छ।
शनिबार साझा ६ः३० बजेको समयमा खाना पकाउने क्रममा घर बाट धुवा निस्कको देख्ने बितिकै स्थानिय हरु ले प्रहरी लाई खबर गरेका थिए । प्रहरी र दमकल को सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।
खबर पाउन ईलाका प्रहरी कार्यलय गणेशपुर टोलि घटना स्थल पुगेको प्रहरी निरिक्षक नविन पौडेलले जानकारी दिनुभयो । आगो दमकल प्रशासन र स्थानियहरुको प्रयासमा १ घण्टा पछि नियन्त्रणमा लिईएको थियो ।
आगलगि बाट करीब १४ लाख बराबर को क्षेत्री भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  ७ : ०४ बजे