१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुटवलका सडकपेटिमा जीवनयापन गरिरहेकाहरुको उद्धार



बुटवल ।
मानवसेवा आश्रमले बुटवलका सडकपेटिमा कष्टकर जीवनयापन गरिरहेकाहरुको उद्धार सुरु गरेको छ ।
बुटवलको सुख्खानगरमा एउटा घर भाडामा लिएर आश्रमले सडकपेटिमा कष्टकर जीवनयापन गरिरहेकाहरुको उद्धार गरी पालन पोषणको सुरुवाद समेत गरेको छ ।
आज पहिलो दिन बुटवलका बिभिन्न स्थानबाट ५ जनाको उद्धार गरी आरुमको भवनमा लगि राखेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनु भयो ।
उद्धार कार्यको शुभारम्भका अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवललाई मानवताको शहर बनाउने र सबै खालका हिंसा अन्त्यको नगर बनाउन नगरपालिकाले यस्ता सस्थालाई सहयोग गर्ने बताउनु भयो ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  १ : २७ बजे