१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लोकप्रिय कृषि सहकारीको सातौ साधारण सभा सम्पन्न



श्याम सि.टी., कपिलवस्तु ।
लोकप्रिय कृष सहकारी संस्था लि. बाणगंगा नगरपालिका ५मटेरिया,कपिलवस्तुको सातौ साधारण सभा आज मटेरियामा सम्पन्न भएको छ ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कृषि जीविको पार्जनको लागि मात्र हैन ब्यवसायमुखी खेती तथा बेमौसमी तरकारी खेती गर्न आग्रह गर्नु भएको थियो । नगरपालिकाबाट छिट्टै संकलन केन्द्रको स्थापना गर्ने र यस नगरका कृषकहरुको उत्पादित तरकारी अधिराज्यमा बजारीकरण गर्ने बताउनु भएको छ । नगरपालिकाबाट कृषकहरुलाइ सक्दो सहयोग गर्ने र वहाहरुको आर्थिक स्तरलाई टेवा पु¥यानमा सधै तत्पर रहने पनि बताउनु भएको थियो ।
सम्पन्न कार्यक्रममा एक करोड सत्तरी लाख,छयान्नबे हजार दुइ सय तीन रुपैया बराबरको आय ब्यय ब्यवस्थापक बासमति थारुले प्रस्तुत गर्नु भएको थियो भने बार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष इन्द्रेश प्रसाद थारुले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा हरि नारायण थारु, राम प्रसाद थारु,धनिराम चौधरी,पाँचु थारु, जेबोरी थारु लगाएतलाई प्रमुख अतिथिद्धारा दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजना धान सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भुसाल, कृषि सेवा शाखा प्रमुख चन्द्रराम चौधरी, वडा नं ५ का वडा अध्यक्ष भीष्मराज भुसाल, वडा नं. ५का वडा सदस्य कृष्ण बहादुर चौधरी, मनिराम चौधरी, नैन कुमारी चौधरी, श्यामा प्रा.वि.का प्रधानाध्यापक ओम प्रकाश पौडल लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम लोकप्रिय कृषि सहकारी संस्था लि.का अध्यक्ष इन्द्रेश प्रसाद थारुको अध्यक्षता,बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भुसाल एवं कृषि सेवा शाखा प्रमुख चन्द्रराम चौधरीको विशिष्ट आतिथ्यता, राम प्रसाद थारुको स्वागत मन्तब्य र सहकारीका सचिव निर्मला चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  २ : ४४ बजे