६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेकपाले खुवायो स्थानीय तहका अध्यक्ष र सचिवलाई सपथ



मायादेवी अनलाइन, तौलिहवा ।
नगरपालिका र गाउँपालिकाको नेतृत्व गर्न पुगेका अध्यक्ष र सचिवलाई नेकपा कपिलवस्तुले शनिबार सपथ ग्रहण गराएको छ । नेकपाको पार्टी कार्यालय तौलिहवामा शनिबार भएको कार्यक्रममा जिल्लाका १० ओटै स्थानीय तहका अध्यक्ष र सचिवलाई सपथ ग्रहण गराइएको हो ।
यो संगै पार्टी एकता पछि स्थानीय तहको नेतृत्व विहिन भएको नेकपाले औपचारिक रुपमा पूर्णता पाएको छ । झण्डै तीन हप्ता अघि नेकपा प्रदेश कमिटिले कपिलवस्तुका १० ओटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।
पार्टी एकतामा गएर देशकै ठूलो पार्टी बनेको सत्तारुढ दल समेत रहेको नेकपाले पाटी एकताको लामो समय पछि स्थानीय तहको टुङ्गो लगाएको हो । तर, जिल्ला तहको नेतृत्वले भने अझै पूर्णता पाइसकेको छैन ।
स्थानीय तहको नेतृत्व गर्न पुगेका अध्यक्ष र सचिवलाई नेकपाका केन्द्रिय सदस्य गिरीधारीलाल न्योपाने र विमला घिमिरेले सपथ खुवाउनु भएको थियोे । नेकपा कपिलवस्तुका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रमको सञ्चालन प्रस्तावित सचिव रामचन्द्र शाहले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : १० बजे